काठमाडौं । सेयर कारोबार सुरु भएदेखि नै आएको गिरावट अन्तिम समयमा आएर केही सुधार हुँदा आइतबार कै बिन्दुमा आएर रोकिएको छ ।
कारोबार अवधिमा घटेर झण्डै ११ सयको हाराहारीमा पुगेको बजार अन्तिम समयमा आएर १ हजार ११०.०८ बिन्दुमा रोकिएको छ । १६८ कम्पनीको १० लाख ७८ हजार १६ कित्ता सेयर २८ करोड ८८ लाख ५८ हजार ४८४ रुपैयाँको किनबेच भएको छ । १२ समूहको कारोबारमा बैंकिङ १.०४, निर्जीबन बीमा कम्पनी १८.९२, जीवन बीमा समूहको उपसूचक २४. १६ अंकले घटेको १६ अंकले घटेको ।
कारोबार रकमको आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । उक्त सेयर ३ करोड ६० लाख ६८ हजार ७४५ रुपैयाँमा किनबेच भएको छ ।
यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र एनएबमी बैंक रहेका छन् । यो दिनको कारोबारमा बढी रकमको कारोबार हुने मुख्य १० कम्पनीमा र्बैंक नै रहेका छन् ।
मिथिला लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स, अरुण काबेली, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा पन्चकन्यामाइ हाईड्रोपावर, स्टयान्र्डर्ड चार्टर्ड बैंक, आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS