काठमाडौं । मारुती सुजुकीद्वारा उत्पादित अल्टो कारले १५ वर्षे यात्रा पुरा गरेको छ । १५ वर्षको अवधिमा यो कार प्रयोग गर्नेको संख्या ३८ लाख पुगेको कम्पनीले जनाएको छ ।
बजारमा सार्वजनिक भएदेखि नै यो कार गाडी प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । जसका कारण यो ब्राण्ड अन्ततः गाडी प्रयोग गर्ने सुरुवाती चरणका ग्राहकको पहिलो रोजाईको गाडी बनेको छ ।
सन् २०१२ मा मारुतीले यो गाडीलाई ८ सय सिसि क्षमताको अपडेटेड इन्जिन राखेर बजारमा ल्याएको थियो ।
अल्टो ब्राण्डको गाडी किन्ने ५४ प्रतिशत ग्राहक पहिलो पटक गाडी किन्नेहरु भएको मारुतीका कार्यकारी निर्देशक शशांक श्रीवास्तवको दाबी छ ।
उनका अनुसार कम्प्याक्ट डिजाइन, हाई फ्युल इफिसियन्सी, अपडेटेड सेफ्टी फिचर्सलगायत अन्य धेरै विशेषताका कारण यो गाडी विशेषत पहिलोपटक गाडी किन्ने ग्राहकहरुको रोजाइ बनेको हो ।
अल्टो कार विगत १५ वर्षदेखिको बेस्ट सेलिङ कारको सूचीमा निरन्तर रहिरहेको समेत कम्पनीको दाबी छ ।
उत्पादन भएको मितिदेखिनै अल्टो ब्राण्डको कारमा कम्पनीले विभिन्न चरणमा विभिन्न विशेषताहरु थप्दै आएको छ । अहिले यो कारमा बीएस–६ कम्प्लायन्टको ८ सय सिसि क्षमताको इन्जिन राखिएको छ ।
कम्पनीको दाबी अनुसार यो गाडीको माइलेज २२.०५ किलोमिटर प्रतिलिटर छ । संसारभर अहिले चर्चामा रहेको सुरक्षा नीति र वाताबरणीय प्रभावलाई ख्याल गरी यो कारमा सुरक्षा सम्बन्धि विभिन्न विशेषताहरु थप गरिएको छ ।
जसमा मूख्यतया ड्राइभर एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रिोनिक फोर्स डिस्ट्रिब्युसन, रियर पार्किङ सेन्सर, स्पिड अलर्ट सिस्टम, सिटबेल्ट रिमाइन्डर छन् ।
SHARE YOUR THOUGHTS