काठमाडौं । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा आयोजना गरेको टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएको छ ।
रेस ट्रयाक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगीहरुले उक्त रेस ट्रयाकमा टिभिएस मोटरसाईकल कुदाएर अनुभव सङ्गालेका छन् । अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि २५ जना प्रतियोगीहरु लगायत टिभिएसको व्यवस्थापन टोली नेपालबाट मङ्सिर १४ गते मद्रासका प्रस्थान गरेका थिए ।
मङ्सिर १५ र १६ गते चलेको कार्यक्रम मङ्सिर १७ गते सम्पन्न भएको थियो । गत वर्ष पनि टिभिएस मोटर्सले राईडरहरुलाई केन्द्रित गरी यस्तैै किसिमको कार्यक्रम आयोजना गरेको थियो ।
यस वर्ष पनि आयोजित कार्यक्रमको सफलतापछि आभार प्रकट गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, “नेपालका बाइक राइडरहरुले पनि अन्र्तराष्ट्रिय प्लेट फर्ममा आफ्नो क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न पाउँदाको यो क्षण उनीहरुका लागि मात्रै अविस्मरणीय नभई जगदम्बा मोटर्स परिवारका लागि पनि गरिमामय बन्न पुगेको छ । उनीहरुको सपना यथार्थमा परिणत गर्न पाएकोमा हामी आफुलाई निकै भाग्यशाली ठान्दछौँ ।”
SHARE YOUR THOUGHTS