काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकमा फेरि लुटपाट नभएको बताएका छन् । गत असोजको पहिलो साता कृषि विकास बैंक लुटिएको थियो ।
त्यही लुटपाट प्रकरणमा संलग्नलाई प्रहरीले अहिले फेरि पक्राउ गरेको सीइओ उपाध्यायले जानकारी दिए । प्रहरीले बुधबार दिउँसो कृषि विकास बैंक लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विदेशी ह्याकरले नेपालीलाई एजेन्ट बनाई लुटे कृषि विकास बैंकको करोडौं, १७ बैंकको प्रयोग
‘प्रहरीले आज फेरि ३ जना लुटेराहरुलाई सार्वजनिक गरेपछि बैंकमा फेरि लुटपाट भएको हो कि भन्ने भ्रम फैलिएको छ,’ सीइओ उपाध्यायले क्लिकमाण्डूसँग भने, ‘पूरानै लुटपाट प्रकरणका थप लुटेराहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।’
कृषि विकास बैंक र प्रहरीको संयुक्त सक्रियतामा लुटेराहरु पक्राउ पर्न सफल भएको उनले बताए ।
‘प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, हामीले पनि अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अनुसन्धानका क्रममा थप लुटेराहरु पक्राउ परेका हुन् । लुटेराहरुको जालो ठूलै छ, आगामी दिनमा पनि थप पक्राउ पर्नसक्छन् ।’
SHARE YOUR THOUGHTS