मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्रिय बिजुली नपुगेको सिलिचोङका सबै वडामा स्थानीय बिजुली

prasaran line bijuli

खाँदबारी । अरुणपारिको दुर्गम मानिएको सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छैन । तर यहाँका ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा बस्छन् ।

पर्याप्त खोलानाला भएको सिलिचोङमा स्थानीय खोलानालाबाट लघुजलविद्युत् उत्पादन गरिएको छ । तिनै जलविद्युत्का कारण उनीहरु उज्यालोमा बस्छन्, केन्द्रीय प्रसारण लाइनको चिन्तासम्म छैन । स्थानीयस्तरमा उत्पादन भएकाले महसुल पनि सस्तो छ । विद्युत् नपुगेको गाउँ सिलिचोङ–१ सिसुवाखोलामा पनि लघुजलविद्युत् निर्माणको काम धमाधम भइरहेको छ । साविक सिसुवाखोला गाविसको ४ देखि ९ सम्मको वडामा अहिलेसम्म पनि विद्युत् लाइन पुगेको छैन । यो वर्ष पु¥याउन सबै लागिपरिरहेका छन् ।

यी बस्तीहरुमा विद्युत् नपुगेकै कारण गएको तीन वर्षदेखि स्थानीय सिसुवाखोलबाट विद्युत् निकाल्ने काममा स्थानीय दिनरात खटिइरहेका छन् । सिसुवाखोला चटेक्मा लघुजलविद्युत् आयोजना नाम दिइएको आयोजना आगामी दुई महिनाभित्र सम्पन्न हुनेछ । वैकल्पिक ऊर्जा, सिलिचोङ गाउँपालिका र जनश्रमदानले ५८ किलोवाट क्षमताको लघुजलविद्युत् निर्माण गरिरहेका हुन् । दुई महिनापछि बिजुली बाल्न पाउने भएपछि स्थानीयवासी हर्षित छन् । गाउँलेहरु लाम लागेर बिजुलीका सामान बोक्छन् र जनश्रमदान गर्छन् ।

अब एक हप्ता श्रमदान गर्ने र गाउँपालिकाले विनियोजन गरेको रु २० लाख उपलब्ध भए दुई महिनाभित्र योजना सम्पन्न हुने निर्माण समितिका अध्यक्ष मञ्जिल कुलुङले बताए । अहिलेसम्म विद्युत्गृह, कुलो निर्माण, खोलामा बाँध, बिजुलीको खम्बा गाड्ने, तार तन्काउनेलगायतका काम सकिएको उनले बताए । “अब फोर वे ट्याङ्की, ओभरफ्लो कुलो, घरमा वायरिङलगायतको काम बाँकी छ”, उहाँले भन्नुभयो, बिजुलीको काम ९५ प्रतिशतभन्दा बढी सकिसक्यो, बिजुली बाल्ने अन्तिम तयारीमा छौँ ।” चालू आवमा विद्युत्लाई विनियोजन गरिएको बजेट तत्काल गाउँपालिकाले उपलब्ध गराए घरघरमा बिजुली पुग्न समय नलाग्ने समितिका अध्यक्ष कुलुङले बताए ।