सेयर बजारमा बढ्दो निरासा « Eglish Khabarhub

सेयर बजारमा बढ्दो निरासा



काठमाडौं । सेयर बजारमा देखिएको गिरावटमा सुधार आउन सकेको छैन । जसले लगानीकर्तालाई उत्साह भन्दा निरासा बनाएको छ । सेयर बजार मापन गर्ने सूचक ३.३० अंकले घटेर ११५२.०७ बिन्दुमा रोकिएको छ ।

१६५ कम्पनीको ९ लाख ४७ हजार ८५३ कित्ता सेयर २९ करोड ४७ लाख ९ हजार ८५८ रुपैयाँको सेयर किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा बैंकिङ १.७४, होटल ४३.०७, जीवन बीमा समूहको ३७.७३, जीवन बीमा समूहको उपसूचक २२.३७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । एनएमबी बैंकको ४ करोड ९० लाख २३ हजार २३५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र नलिब बैंक रहेका छन् ।

कारोबारमा बिशाल बजार कम्पनी, नेपाल फाइनान्स, दिब्यश्वरी हाईड्रोपावर, कालिका पावर कम्पनीका लगानीकर्ताले कमाएका छन भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: