काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक १.१७ अंकले बढेर ११५०.८१ बिन्दुमा रोकिएको छ । १६७ कम्पनीको १४ लाख ८८ हजार ३०४ कित्ता सेयर ३७ करोड ४४ लाख ६६ हजार ४६५ रुपैयाँको सेयर किनबेच भएको छ ।
१२ वटा समूहको कारोबारमा बैंकिङ समूह ०.९२, ट्रेडिङ १०.४६, जलविद्युत १.६, निर्जीबन बीमा २४.२, जीवन बीमा समूहको उपसूचक ४३.७७ अंकले घटेको छ । कारोबारमा होटेल समूहको ४४.६१, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ७०.३२ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको ४ करोड ७६ लाख ८१ हजार ९३७ रुपैयाँ सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनएमबी बैंक र नेपाल बैंक रहेका छन् ।
शिवम् सिमेन्ट, पाँचथर पावर कम्पनी, ऋणी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाउँदा नेपाल फाइनान्स, अरुण कावेली पावर, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS