२९ मंसिर २०८२, आइतबार

पुस २८ गते नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा, १९ प्रतिशत लाभांश प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले पुस २८ गते ३३औं वार्षिक साधारणसभा बोलाएको छ। पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तोकेको हो।

साधारणसभामा सञ्चालक समितिले घोषणा गरेको १९ प्रतिशत लाभांश प्रस्ताव गरिने छ। सञ्चालक समितिले चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो लाभांश १० वर्षयताकै कम हो।

पुस १३ गतेसम्म शेयर किन्नेले मात्रै उक्त लाभांश प्राप्त गर्न सक्ने छन्।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड रूपैयाँ छ। प्रस्तावित बोनस शेयरपछि चुक्ता पुँजी १४ अर्ब २२ करोड रूपैयाँ कायम हुनेछ। गत आर्थिक वर्ष बैंकले ३ अर्ब ३२ करोड रूपैयाँ नाफा गरेको थियो।