पूँजी बजार

सेयर बजारमा सामान्य गिरावट, ५८ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । सेयर बजार मापन गर्ने सूचक ०.६२ अंकले बढेर ११६७.४१ बिन्दुमा रोकिएको छ । १७२ कम्पनीको १६ लाख ४१ हजार २११ कित्ता सेयर ५८ करोड ८६ लाख ७७ हजार ८८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ ०.६९, ट्रेडिङ ३५.७२, डेभलपमेन्ट बैंक २.२९, जीवन बीमा समूहको उपसूचक १६.५५ अंकले बढेको छ । यस्तै निर्जीबन बीमा २४.६७, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २४.२६ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको १३ करोड २२ लाख ११ हजार २४८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया ऋणपत्र २०८२–८३ र कृषि विकास बैंक तेस्रो स्थानमा रहेका छन् ।

कारोबार रकमको आधारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, यूनियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन भने पाँचथर पावर कम्पनी, हिमालयन पावर पार्टनर, हिमालयन डिस्ट्रिलरी, नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।