बेलायतको सालफोर्ड युनिभर्सिटीले आफ्नो डिग्रीको शिक्षामा पोकेमनलाई समावेश गर्ने निर्णय गरेको छ । कलेजले पोकेमनले आफ्ना विद्यार्थीहरूलाई ‘बिजनेस इन्फरमेसन टेक्नोलोजी’ को कोर्सलाई सजिलो गर्छ भन्ने ठानेर गर्न लागेको जनाएको छ ।
सालफोर्ड युनिभर्सिटीले आफ्नो कलेजमा डिग्रीको अध्ययन गर्न आउने विद्यार्थीहरुलाई पोकेमन गो खेल्न लगाएर उनीहरूको पढाइको दायरालाई फराकिलो बनाउने सोचाई बनाएको हो । तर केही शिक्षाविद्हरूले भने यो कुराले विद्यार्थीहरूको समयको वर्वाद मात्र हो भनेका छन् ।
सालफोर्डका लेक्चर डेभिड क्रेप्सले हामी हाम्रा विद्यार्थीहरुलाई हाम्रो युनिभर्सिटीमा पढाउने बिषयहरू विद्यार्थीहरूले कसरी सजिलै लिन सक्छन् भन्ने देखाउन पनि पोकेमन गोलालाई पढाईको क्षेत्रमा राख्न लागेका हौं भनेर बताए ।
उनले भने ‘यसका लागि पोकेमन गो सबैभन्दा उपयोगी एपको रुपमा देखेका छौं । यो खेलवाट विद्यार्थीहरुले डिजिटल क्यामेरा देखि जिपिएसको बारेमा लगायत धेरै सुचना प्रविधिको जानकारी इन्टरनेटबाट पाउनेछन् ।’
विद्यार्थीहरूले पोकेमन गो खेल्नुपर्छ भन्दा अनौठो सुनिएपनि यसले विद्यार्थीहरूलाई सुचना प्रविधिको क्षेत्रमा धेरै सहयोग गर्ने नै देखेका छौँ भन्छन् क्रस।
पछिल्लो पटक मोवाइल एपको क्षेत्रमा विभिन्न किर्तिमानहरू कायम गरेको पोकेमन गो एक सातामा सर्वाधिक डाउनलोड हुने एपको रुपमा परेको छ भने अमेरिकामा यसका खेलाडीहरूको संख्या टि्वटरका प्रयोगकर्ता भन्दा बढी रहेका छन् ।
SHARE YOUR THOUGHTS