भ्रमण वर्षको तयारी र प्रचारप्रसारमा जुट्यो होटल संघ, दीप प्रज्वलन गरी स्वागत गर्ने « Eglish Khabarhub

भ्रमण वर्षको तयारी र प्रचारप्रसारमा जुट्यो होटल संघ, दीप प्रज्वलन गरी स्वागत गर्ने



काठमाडौं । होटल संघ नेपाल भ्रमण वर्ष २०२० को तयारी र प्रचारप्रसारमा जुटेको छ । भ्रमण वर्ष नजिकिएसँगै होटल संघले प्रचारप्रसारलाई तिब्र बताएको हो ।

होटल संघ नेपालका महासचिव साजन शाक्यको संयोजकत्वमा ठमेलस्थित यात्री सुइट एण्ड स्पा होटलमा भएको कार्यक्रममा पर्यटक विभागका महानिर्देशक डण्डुराज मिघिरेलगायत पर्यटन क्षेत्रका संघ संस्थाका अध्यक्ष, पदाधिकारीका साथ होटलका सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

उक्र कार्यक्रममा नेपाल भ्रमण वर्षको उद्घाटनको दिन निजी क्षेत्रको प्रतिनिधित्व सशक्त बनाउने सम्बन्धमा छलफल भएको छ । साथै डिसेम्बर ३०, २०१९ को बेलुकी विभिन्न स्थानमा दीप प्रज्वलन गरी भ्रमण वर्ष २०२० लाई स्वागत गर्ने समेत निणर्य भएको संघले जनाएको छ ।

कार्यक्रममा महानिर्देशक घिमिरेले आफ्नो धारणा राख्नुका साथै कार्यक्रम संयोजक शाक्यले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी भ्रमण वर्ष सफल पार्न आग्रह गरेका छन् ।

Publish on: