सेयर बजारमा गिरावट, लगानीकर्ताको ध्यान जीवन बीमातर्फ « Eglish Khabarhub

सेयर बजारमा गिरावट, लगानीकर्ताको ध्यान जीवन बीमातर्फ



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । सेयर बजार मापन गर्ने सूचक ४.९९ अंकले घटेर ११६२.४३ बिन्दुमा रोकिएको छ । १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता सेयर ४२ करोड २४ लाख ५३ हजार ९०९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ ८.६५, होटल १५.६३, निर्जीबन बीमा १०.४८, उत्पादन तथा प्रशोधन ११.०९, माइक्रोफाइनान्स ८.८२, अंकले गिरावट आएको छ भने जीवन बीमा समूहको उपसूचक ८०.७२ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफको ४ करोड ८४ लाख ५ हजार ९५८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम कमर्शियल बैंक रहेको छन् ।

कारोबारमा साल्ट टे«डिङ कर्पोरेशन, माउन्टेन हाईड्रो नेपाल, नेपाल फाइनान्स, कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स, कृषि विकास बैंक, यूनाइटेड मोदी हाईड्रोपावर, ओरियन्टल होटल, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।

Publish on: