१ पुस २०८२, मंगलबार

यस कारण अझै बढ्नसक्छ साना किसान लघुवित्तको सेयर मूल्य (प्राविधिक विश्लेषण)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२.५१ प्रतिशतले वृद्धि गरि १३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साना किसान विकास खुद ब्याज आम्दानीमा ५.७६ प्रतिशतले सुधार तथा नोक्सान व्यवस्थापन कोष मार्फत २ करोड ७ लाख रुपैयाँ फिर्ता ल्याउँदा लघुवित्तको नाफामा सुधारले नाफामा १२.५१ प्रतिशतले बढेको हो ।

साना किसान विकासको कर्मचारी खर्च तथा अन्य संचालन खर्च २९.६९ प्रतिशत तथा ८७.७४ प्रतिशतले बढेर क्रमश १ करोड ८१ लाख १५ हजार र ९८ लाख ६८ हजार रुपैंया पुगेको छ । खराब कर्जा व्यवस्थाको ६८ लाख ६८ हजार रुपैंया छुट्याएको छ जुन गत वर्षको सोहि अवधि भन्दा ६ दशमलव ६३ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी २५ प्रतिशतले बढेर ७८ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा पनि २२.२१ प्रतिशतले बढेर १ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ सञ्चित भएको छ । अन्य बैंक तथा वित्तीय संस्था मार्फत १९ अर्ब ३४ करोड १७ लाख रुपैयाँ ऋण लिएर १९ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। त्यस्तै लगानी तर्फ ५७.१५ प्रतिशतले वृद्धि गरि १ अर्व ५८ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.९ प्रतिशत , प्रतिशेयर आम्दानी ७० रुपैयाँ १२ पैसा छ ।

पूँजी वृद्धिको अनुपातमा खुद नाफा बढ्न नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७६ पैसाले घटेको हो। अघिल्लो आवको मुनाफाबाट लघुवित्तले २५ प्रतिशत लाभांश वितरण गरेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३३१ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात १३.०३ गुणा छ । पुँजी लागत कोष ०.२८ प्रतिशतले घटेर ६.४४ प्रतिशत छ । गत आवको सोही अवधिमा कम्पनीको पुँजी लागत कोष ६.६३ प्रतिशतले रहेको थियो ।

मैनबत्ति आकृति विश्लेषण

साप्ताहिक मैनबत्ति आकृतिले मुलत कम्पनीको खरिदकर्ता तथा विक्रीकर्ताको चापको देखाउँछ । बिहिबार कारोवार बन्द हुँदा बनेको सानो वडी आकृतिको बुलिश आकृतिको मैनबत्ति बनेर कारोवार बन्द भएको छ । यस मैनबत्ती आकृतिमा माथि पट्टि लामो स्याडो रहेको छ । यसको प्रकारको मैनबत्तिले सुरुमा लगानीकर्ताको खरिद तेजी देखिए पनि अन्त्यमा बिक्रिकर्ताको चाप हावी भएको देखिन्छ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरीद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्रि (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ। साताको अन्तिम दिन कारोवार बन्द हुँदा आर।एस।आई ४३ बाट ५८ दशमलव ७९स्केल आएको छ जसले बिक्रि चाप बढेको संकेत गर्दछ । आरएसआई रेखा ० देखि १०० स्केलभित्र मुभ हुने गर्छ । मुलत साइडवेज् रुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु किन्ने संकेत गर्दछ भने यदि एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिईन्छ । र, यसले शेयरहरु बेच्ने संकेत गर्दछ । दुई हप्ता अगाडी एमएसिडीले सिग्नल लाईनलाई बुलिस क्रस गरको थियो । यस साताको अन्तिम दिन सम्म यहि प्रक्रिया निरन्तर पाएर शुन्य लाईन भन्दा माथि पुगेको छ । यसले बिक्री चापभन्दा खरिद बढी रहेको देखिन्छ । 

 

कमोडीटि च्यानल इन्डेस्क

गत हप्ता कारोवार बन्दसंगै कमोडीटि च्यानल इन्डेस्कले धनात्मक १४० को स्केलमा आएकोछ । यसले बैङ्कको खरिद चापको संकेत गर्दछ। सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

निष्कर्श

साना किसान विकास लघुवित्तको पहिलो त्रैमासको वित्तीय विवरण सामान्यमात्र प्रगति गरेको देखिन्छ । साना किसानको खुद ब्याज आम्दानीमा सुधार तथा नोक्सान व्यवस्थापन कोष मार्फत २ करोड ७ लाख रुपैयाँ फिर्ता ल्याउँदा लघुवित्तको नाफामा सुधारले मात्र नाफामा १२.५१ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी वृद्धि भए अनुसार खुद नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७६ पैसाले घटेर ७० रुपैयाँ १२ पैसामा आएको छ । साना किसान लघुवित्त वित्तीय संस्था गत वर्षको नाफाबाट २७.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि १.४३ प्रतिशत नगद लाभांश गरी कूल २८.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । हाल ७८ करोड ६० लाख ३४ हजार ९१० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित बोनस शेयर वितरणपश्चात एक अर्ब एक करोड २९ लाख ५४ हजार ४४३ रुपैयाँ पूँजी कायम हुनेछ ।

प्राविधिक सूचकबाट हेर्दा बिक्री चाप भन्दा खरिदचाप बढी रहेको संकेत गर्दछ । साना किसान विकास लघुवित्तले दिर्घकालिन स्मित्रिकल चार्ट प्याटर्न मुभ भएको छ । प्राविधिक विस्लेषणमा स्मित्रिकल चार्टलाई निरन्तरताको प्रतिक मानिन्छ । फिबोनेसि रित्रेस्मेंटको आधारमा पनि लघुवित्तले ५० प्रतिशतमा राम्रो टेवा पाएको छ । यस साता कारोवार बन्द हुँदा लघुवित्तको मूल्य २० दिनको मुभिङ्ग एभरेज माथि रहेको छ ।

साप्ताहिक औसत कारोबार रकममा आएको बृद्विले बजारमा लगानीकर्ताको सहभागिता बढिरहेको संकेत गरेको छ । एमएसीडी तथा सिसिआईले बजार बढ्ने संकेत गर्दछ । बोलिंजर ब्याण्डमा तीन ओटा ब्याण्ड समान्तर रहेकोले नोन ट्रेन्डको संकेत गरेको छ । हालको अवस्थामा नजिकको टेवा अङक तथा प्रतिरोध अङक क्रमशः ८८० तथा ११५० रहेको छ ।