काठमाडौं । सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । सेयर बजार मापन गर्ने सूचक ५.५३ अंकले बढेर ११६७. ९५ बिन्दुमा रोकिएको छ ।
१७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता सेयर ६२ करोड २३ लाख ६३ हजार ४८८ कित्ता सेयर किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा बैंकिङ २.२ अंकले घट्दा निर्जीबन बीमा ६१.९१, उत्पादन तथा प्रशोधन ५९.८९, जीवन बीमा समूहको उपसूचक २५६.५३ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको १० करोड ६ लाख २१ हजार ४४० कित्ता सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः शिवम् सिमेन्ट र एसबीएलको ऋणपत्र रहेको छ ।
शिवम् सिमेन्ट, स्वेदशी लघुवित्त वित्तीय संस्था, एसियन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले कमाउँदा माउन्टेन हाईड्रो, जोशील हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS