ठूला वायुसेवा बन्द हुँदा हवाई यात्रु घटे, भिस्ताराले जनवरी १५ देखि उडान शुरु गर्ने « Eglish Khabarhub

ठूला वायुसेवा बन्द हुँदा हवाई यात्रु घटे, भिस्ताराले जनवरी १५ देखि उडान शुरु गर्ने


१६ पुस २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अघिल्ला वर्षहरुको तुलनामा त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रने यात्रुको आगामन संख्या घटेको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विगतका वर्षहरुको तुलनामा अन्तर्राष्ट्रिय उडानमा हवाई यात्रु घटेको जानकारी दिए । यद्यपि आन्तरिक उडानतर्फ भने हवाई यात्रु बढेको उनले बताए ।

अन्तर्राष्ट्रिय उडाततर्फ सन् २०१७ मा ३८ लाख ८७ हजार ८४५ यात्रु त्रिभुवन विमानस्थलबाट आगमन गरेकोमा सन् २०१८ मा हवाई यात्रुको संख्या ११.७ प्रतिशतले वृद्धि भइ कुल ४३ लाख ४२ हजार ४८६ पुगेको थियो ।

तर, सन् २०१९ को नोभेम्बर महिनासम्ममा यो संख्या १३.२३ प्रतिशतले घटेर ३७ लाख ६७ हजार ९१३ पुगेको छ । महानिर्देशक पोखरेलका अनुसार यो वर्ष ५.५८ प्रतिशतले घटेर करिब ४१ लाख हवाई यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् आगमन हुने अनुमान गरिएको जानकारी दिए ।

तर आन्तरिक उडानतर्फ भने हवाई यात्रुको संख्या बढेको छ । सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ लाख ९१ हजार ३९० जना हवाई यात्रुको आगमन भएकोमा सन् २०१८ मा यो संख्या १६.१६ प्रतिशतले वृद्धि भइ २८ लाख ४७ हजार ७५२ पुगेको थियो ।

प्राधिकरणका अनुसार सन् २०१९ को अक्टोबर महिनासम्ममा आन्तरिकतर्फ २७ लाख ३७ हजार १७२ जना हवाई यात्रु आगमन भएका छन् भने वर्षको अन्त्यसम्ममा यो संख्या ३२ लाख हवाई यात्रु आगमन हुने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ हवाई यात्रु घट्नुमा केही ठूला वायुसेवा कम्पनीको उडान बन्द हुनु, मलेसियामा श्रम रोजगारमा समस्या देखिनु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग तथा ट्याक्सी मार्ग ममर्त सम्भारका कारण सञ्चालन समय प्रभावित हुनु रहेको प्राधिकरणको भनाइ छ ।

आन्तरिक हवाई यात्रुको संख्या वृद्धि हुने देखिँदा त्रिभुवन विमानस्थलमा कुल हवाई यात्रु आगमन भने वर्ष सन् २०१८ को भन्दा यस वर्ष २ लाखले वृद्धि हुने अनुमान गरिएको छ ।

नेपाल एयरलाइन्सले जापानको ओसाकामा नियमित उडान शुरु गरेको छ भने जापानकै नारितामा पनि यसैवर्षदेखि उडान गर्ने तयारी गरेको छ । साथै नेपाल एयरलाइन्सले चीनको बेइजिङ र ग्वाञ्जाओमा समेत उडान शुरु गर्ने तयारी गरेको छ ।

त्यससँगै भारतको भिस्तारा एयरलाइन्सले काठमाडौं र नयाँ दिल्लीमा आगामी जनवरी १५ देखि उडान सेवा सञ्चालन गर्दैछन् भने भारतकै इन्डिगो एयरले पनि हाल दैनिक १ उडान गरिरहेकोमा ३ उडान थप गरी दैनिक ४ उडान गरिरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार ००:००  १२ : ४३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping