२९ मंसिर २०८२, आइतबार

कृषि क्षेत्रलाई व्यवसायिक बनाउन करिब ४ अर्ब खर्च गर्दै सरकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । । सरकारले ७ वटै प्रदेशमा कृषि भण्डारण तथा कृषि क्षेत्रको आधुनिकीकरणका लागि ३ अर्ब ८५ करोड ३० लाख ४० हजार लगानी गर्ने भएको छ ।

कृषि क्षेत्रलाई थप व्यवसायिक, प्रतिसपर्र्धी एवम् कृषि उपजको बजारीकरणका लागि उक्त परिमाणको बजेट खर्च गर्न लागिएको हो ।

कृषि उपज उत्पादन भएपनि त्यसले बजारीकरण हुन नपाउँदा विचौलिया हावी भएको पाइएपछि एकीकृत रुपमा संकलन तथा भण्डारण गर्ने, कृषी उद्यमलाई थप व्यवसायिक एवम् प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ उक्त बजेट खर्च गर्ने योजना बनाइएको हो ।

लगानी बोर्डले ७ वटै प्रदेशमा निश्चित परिमाणका खर्च गर्ने योजना मात्रै बनाएको छैन, त्यसका लागि लगानी गर्न लगानीकर्तालाई आग्रह समेत गरेको छ ।

बोर्डका अनुसार प्रदेश नं १मा ५.४५ मिलियन डलर खर्च गर्नेछ । यस्ते प्रदेश नं २ मा ६.१, प्रदेश नं ३ मा ४.४३, गण्डकी प्रदेशमा ५.६३, प्रदेश नं ५ मा ६.५५, कर्णाली प्रदेशमा ३.१३ र सुदूरपश्चिम प्रदेशमा कूल ३.१४ मिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।

बाोर्डका अनुसार ती आयोजनामा कूल ३५.४५ अमेरिकी डलर खर्च गरिनेछ । कृषि क्षेत्रलाई थप व्यवसायिक, जिम्मेवार एवम् उद्यममूलक बनाउने लक्ष्यका साथ बोर्डले नै त्यसका लागि प्रयास थालेको हो ।

गत चैतमा सम्पन्न लगानी सम्मेलनमा समेत कृषि क्षेत्रमा लगानीका लागि स्वदेशी तथा विदेशी कम्पनीले इच्छा व्यक्त गरेका थिए ।