काठमाडौं । यातायात विभागले दुई पांग्रे सवारी साधनको लाइसेन्स लिन १८ वर्षको उमेर हद बढाउने तयारी गरेको छ ।
सवारी तथा यातायात व्यवस्था– २०४९ को दफा ४७ को (ख) मा यसअघि १६ वर्ष पुगेपछि सवारी चालक अनुमति पत्र लिन पाउने व्यवस्था थियो । तर विभागले ऐनपरिमार्जन गरी उमेर हदलाई १८ वर्ष पुर्याउन लागेको विभागका महानिर्देशक गोगनबहादुर हमालल जानकारी दिए ।
त्यस्तै, विभागले ऐनमा चालक अनुमतिपत्रको वैधता दिइएको मितिले पाँच वर्षसम्म बहाल रहने व्यवस्थालाई परिवर्तन गरी १० वर्ष बनाउन लागेको समेत हमाललेजानकारी दिए ।
साथै सार्वजनिक सवारी चालक र सह–चालकलाई जिम्मेवार ढंगले तामिल दिने व्यवस्था ऐनमा गरेन लागेको छ ।
SHARE YOUR THOUGHTS