काठमाडौं । आइतबारको बुलिस ट्रेन्ड पच्छ्याउँदै सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक करिब २८ अङ्कले बढेको छ ।
सेयर बजारमा सोमबार पनि उछाल देखिएको हो । कारोबार शुरु भएको आधा घण्टा नहुँदै बजारमा २७.९८ अंकसम्म पुगेको थियो ।
११ बजे खुलेको बजारमा कारोबार शुरु हुना साथ बजारले नयाँ दिशा अंगालेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत झण्डै ६ अंकले बढेको छ ।
सेन्सेटिभ परिसूचक ५.८१ विन्दुले बढेर २७८.५४ मा पुगेको छ । हालसम्म १२९ कम्पनीको ३ लाख ३७ हजार ४८८ कित्ता सेयर १२ करोड ९३ लाख २४ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
SHARE YOUR THOUGHTS