काठमाडौं । यो साताको सुरुदेखि नै सेयर बजारमा देखिएको दोहोरो अंकको बढोत्तरी सोमबार पनि कायम नै रहेको छ ।
सोमबार बजार मापन गर्ने सूचक १५.१४ अंकले बढेर १२७०.८६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन सेन्सेटिभ इन्डेक्स ३.५५ अंकले बढेर २७६.२८ बिन्दुमा रोकिएको छ ।
१८३ कम्पनीको ५५ लाख १८ हजार ६३६ कित्ता सेयर १ अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ रुपैयाँका सेयर किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा बैंकिङ १४.८१, ट्रेडिङ २५.१२, जलविद्युत ४८.७, वित्त कम्पनी १०.८८, निर्जीबन कम्पनी ३९.०१, जीवन बीमा कम्पनीको उपसूचक ५२.०७ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक १३.८९ अंकले गिरावट आएको छ ।
कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड ४ लाख ५५ हजार ७०६ रुपैयाँको सेयर किनबेच भएको छ ।
दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योन्स कम्पनी र एनआईसी एसिया बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
घोडीघोडा लघुवित्त वित्तीय संस्था, सानिमा माइ हाईड्रोपावर, चिलिमे हाईड्रोपावर कम्पनी, राधी विद्युत कम्पनीका लगानीकर्ताले कमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुवित्तय वित्तीय, नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS