सेयर बजारमा सामान्य सुधार, हिमालयन बैंकका संस्थापकको २४ करोडको कारोबार « Eglish Khabarhub

सेयर बजारमा सामान्य सुधार, हिमालयन बैंकका संस्थापकको २४ करोडको कारोबार



काठमाडौं । कारोबारको सुरुदेखि नै उकालो ओरालो यात्रा तय गरेको सेयर बजारमा अन्तिम समयमा अन्तिम समयमा सामान्य सुधार देखिएको छ ।

कारोबारको सुरुमा सामान्य उकालो लागेको बजार सवा घन्टामा १३०९.१५ बिन्दुमा पुगेको थियो । त्यसपछि क्रमिक रुपमा उकालो लाग्न लागेको बजार १३३१.३३ बिन्दुसम्म पुगेको थियो । पुन करेक्सन हुँदा सेयर बजारमा मापन गर्ने सूचक ३.३६ अंकले बढ्दा १३२०.४७ बिन्दुमा रोकिएको छ ।

१८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता सेयर १ अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० रुपैयाँको सेयर किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा बैंकिङ ४.६७ निर्जीबन बीमा ८१.१७, उत्पादन तथा प्रशोधन १९.२२, जीवन बीमा समूहको उपसूचक ६१.४७ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा हिमालयन बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । बैंकको २४ करोड ४६ लाख १७ हजार ३० रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्ट्रिलरी र एनआईसी एसिया बैंक रहेका छन् ।

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आईएमई बैंक, पाँचथर पावर कम्पनी, स्पर्श लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिका पावर कम्पनीका लगानीकर्ताले कमाउँदा एनआईसी एसिया ग्रोथ फण्ड, आईसीएफसी फाइनान्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: