काठमाडौं । मारुती सुजुकीले एस–सिएनजी प्रविधिमा आधारित विएस–६ रेन्जको अल्टो सार्वजनिक गरेको छ ।
एलएक्सआई एस– सिएनजी र एलएक्सआर्ई (ओ) एस–सिएनजी गरी दुईवटा भेरियन्टमा सार्वजनिक भएको यो गाडीको मूल्य क्रमशः ४ लाख ३२ हजार भारु र ४ लाख ३६ लाख भारु कायम गरिएको कम्पनीले जनाएको छ ।
सिएनजी प्रविधियुक्त मारुती सुजुकी अल्टो विएस–६ मा डुअल इन्टरडिपेन्डेन्ट इलेक्ट्रोनिक युनिट र इन्टेलिजेन्ट इन्जेक्सन सिस्टम रहेका छन् । यो कारले प्रतिलिटर ३१.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
मारुती सुजुकी अल्टो विएस–६ कम्प्लायन्ट हुने पहिलो गाडी हो । कम्पनीले अहिलेसम्म १ लाख युनिट विएस–६ कम्प्लायन्टका गाडी बिक्री गरिसकेको छ ।
अहिले सार्वजनिक भएको गाडी ७९६ सिसी क्षमताको रहेको छ जसले सिएनजी मोडमा ४०.३६ विएचपी र ६० एनएम टर्क उत्पादन गर्छ ।
SHARE YOUR THOUGHTS