काठमाडौं । बुध्द एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालिन उडानलाई पुनः सञ्चालन गरेको छ । यसअघि मौसम तथा भिजिविलटीका कारण उडान स्थगित गरेको थियो ।
फेब्रअरी १ देखि काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान ७ः३५ मा गर्न लागेको छ ।
यो उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकि विराटनगर फर्किने यात्रुहरुलाई पक्कै फाइदा पुग्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।
SHARE YOUR THOUGHTS