काठमाडौं । आन्तरिक राजश्व विभागका सचिव शिशिर ढुंगानाले अहिले आयात कम भएकाले आयातमा आधारित राजश्व संकलन घटेको बताएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा सचिव ढुंगानाले गत वर्षको तुलनामा आयात कम भएको बताएका हुन् ।
भन्सारमा उठने भिएटी र अन्तशुल्कको दर कम भए पनि आन्तरिकतर्फको आयकर र मूल्य अभिवृद्धि कर बढेको बताए ।
उनले भिएटीमा आन्तरिक वृद्धि ३२ प्रतिशत रहेको बताए । उनले आयकर २८.२९ प्रतिशत, गैर कर राजश्वको वृद्धि ४० प्रतिशतभन्दा बढी रहेको बताए ।
यो वर्ष क्लिङकर, सुन, फलामे छड, डिजेलको पनि आयात घटेको उनले बताए । भन्सार दरका कारण गाडीमा आयात घटेको उनको भनाइ छ ।
सरकारले बाहिरबाट आउने मदिरामा कर बढाएपछि आन्तरिक मदिराको पनि माग बढेको भन्दै चर्चा समेत भएको छ ।
SHARE YOUR THOUGHTS