काठमाडौं । रिलायनस लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्ष २०७६-०७७ को दोस्रो त्रैमासमा ४ करोड ६५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९२.७८ प्रतिशतले बढी हो । गत आवमा २ करोड ४१ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
१ अर्ब ४७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १३ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको छ । ७७ करोड ५९ लाख २२ हजार रुपैयाँको जीवन बीमा कोष रहेको छ ।
५७ करोड ७७ लाख ६५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले ३३ लाख ६८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
गत आवको सोही अवधिमा इन्स्योरेन्सले २० करोड ९३ लाख ३४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । इन्स्योरेन्सले यो अवधिमा ११ करोड ६५ लाख ८७ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ ।
SHARE YOUR THOUGHTS