काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ ।
कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्क्रोरिङ मोडेलका आधारमा यो योजना आरम्भ गरिएको हो ।
सरल र शीघ्र प्रशोधनसहित अधिकतम १०.५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाण्डौबाट सुभारम्भ गरिएको छ ।
यसै क्रममा उक्त नयााँ एसएमई कर्जा प्रदेश नं. ५ को भैरहवामा आयोजित एक समारोहका बीच उद्घाटन भएको छ । सो समारोहमा सिद्घार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजु तथा तिलोतमा उद्योग वाणिज्य संघका उपाध्यक्ष राम चन्द« पाण्डेको उपस्थिति रहेको थियो ।
योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको अवश्यकताहरुलाई सम्बोधन गर्ने उद्धेश्यले ल्याइएको जानकारी दिए ।
‘हामी यहाँहरुको समय र व्यवसायिक सपनाको सम्मान गर्दछांै । अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।’
साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूके एड सक्षम एक्सेस टू फाइनान्स मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो ।
यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ । क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ ।
यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रुपैयाँसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो ।
नबिल सजिलो एक्सप्रेस कर्जा योजना निस्शुल्क कारोबार सूचना, निस्शुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निस्शुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइ सकिने आकर्षक प्याकेजका साथ आएको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा १४३ ए. टि. एम. र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देश व्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वाश लिएको छ ।
SHARE YOUR THOUGHTS