बाल्ट्राद्वारा ‘दशैं ल्यायो’ अफरका विजेता घोषणा, पाल्पाका धनबहादुरले जिते ५५ इञ्चको टिभी « Eglish Khabarhub

बाल्ट्राद्वारा ‘दशैं ल्यायो’ अफरका विजेता घोषणा, पाल्पाका धनबहादुरले जिते ५५ इञ्चको टिभी



काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेसले दशैँ, तिहार तथा छठपर्वको अवसरमा ल्याएको ‘दशैं ल्यायो’ नामक योजनाका विजेताहरुको नाम घोषित गरेको छ ।
कम्पनीले विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।

एप्लाईन्सेसले सार्वजनिक गरेको नतिजा अनुसार पाल्पाका धनबहादुर सरुले बाल्ट्राको ५५ इञ्चको स्मार्ट टेलिभिजन जितेका छन् भने अन्य २ जनाले ४० इञ्चको टेलिभिजन, ३ जनाले ३२ इञ्चको टेलिभिजन, ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राइस कुकर, र १५ जनाले आइरन जितेका छन् ।

Publish on: