धितोपत्र बोर्डले अक्सन मार्केटको नीति छाड्यो, क्लोज आउटको समस्या हट्ने « Eglish Khabarhub

धितोपत्र बोर्डले अक्सन मार्केटको नीति छाड्यो, क्लोज आउटको समस्या हट्ने



काठमाडौं । सेयर लगानीकर्ताहरुले अक्सन मार्केटको सुरुवात गर्न धितोपत्र बोर्डलाई लामो समयदेखि आग्रह गरिरहेका थिए । तर बोर्डले त्यसलाई तत्काल कार्यान्वयन नगरी अनलाइनमा बैंकलाई इन्ट्रिगेसन गरेर कारोबार गर्ने र त्यसैमा डिम्याट इन्ट्रिग्रेसन गर्ने तर्फ लागेका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अक्सन मार्केटको थालनी गर्नु भन्दा पनि अहिले अनलाइन प्रणालीमा बैंकलाई इन्ट्रिगेसन गरेर कारोबार गर्ने र त्यसैमा डिम्याट इन्ट्रिग्रेसन गर्ने तर्फ लाग्ने तयारी रहेको बताए ।

‘सर्ट सेल गर्दा समस्या आएको खण्डमा मात्रै अक्सन हो । तर बैंक र डिम्याट इन्ट्रिगेसन गर्ने तर्फ हामी लागिरहेका छौं’ अध्यक्ष ढुंगानाले भने ‘त्यसको लागि अहिलेको अनलाइनलाई व्यवस्थित गर्ने र यसको सिस्टम पनि अझै प्रभावकारी बनाउन आवश्यक छ ।’

अध्यक्ष ढुंगानाले लगानीकर्ताले आजको आजै सेटलेमेन्ट गर्न सक्ने भएपछि अक्सनको आवश्यक नै हुँदैन र आगामी दिनमा बजारलाई त्यसरी नै अघि बढाउन बोर्डले प्रयत्न गर्ने उनको भनाई छ ।

नेपालमा अक्सन मार्केटको सुरुवात गर्ने भनेर लामो समयदेखि भनिँदै आएको छ । अहिले सर्टसेल (क्लोज आउट) भएको खण्डमा लगानीकर्ताले २० प्रतिशत जरिवाना तिर्नुपर्ने बाध्यता रहेको छ ।

यता लगानीकर्ताहरु भने अक्सन मार्केट भएको खण्डमा केही भएपनि समस्याको समाधान हुने बताउँने गरेका थिए । तर बोर्डका अध्यक्षको भनाई अनुसार अनलाइनमा बैंक खाता र डिम्याट इन्ट्रिग्रेसन हुने हो भने सर्ट सेल हुने सम्भावना कम हुने लगानीकर्ता बताउँछन् ।

कुनै लगानीकर्ताले कुनै कम्पनीको सेयर बिक्री गर्न खोज्यो । उससँग भएको १ सय कित्ता, तर मिस्टेकले १०५ कित्ता सेयर राख्न खोजेको खण्डमा सिस्टमले नै त्यो १०५ कित्ता लिँदैन । जति छ त्यती मात्रै लिन्छ । आफुसँग भएको भन्दा बढी सेयर बिक्री गर्न खोजेको खण्डमा त्यो सिस्टमले नै नलिने भएपछि सर्टसेलको समस्याबाट लगानीकर्ता जोगिने देखिएको छ ।

अध्यक्ष ढुंगानाले म्यूचुअल फण्डलाई सेयरमा अनिवार्य निश्चित अंकसम्म सेयरमा लगानी गर्न पर्ने भन्ने व्यवस्था नभएकोले समस्या देखिएको उनको बुझाई छ ।

उनिहरुलाई निश्चित अंकमा तोकि दिएको खण्डमा त्यही सेयर होल्ड गर्न बाध्य हुने तर अंक नतोकेको कारण बढी सप्लाई देखिएको उनको बुझाई रहेको छ । अब म्यूचुअल फण्डलाई बाध्यकारी बनाउने विषयमा आवश्यक तयारी गर्ने सेयर लगानीकर्ता संघका पदाधिकारीसँगको छलफलमा अध्यक्ष ढुंगानाले बताएका हुन् ।

Publish on: