प्राइम लाइफ इन्स्योरेन्सको नाफा ७२.३८ प्रतिशतले बढ्यो « Eglish Khabarhub

प्राइम लाइफ इन्स्योरेन्सको नाफा ७२.३८ प्रतिशतले बढ्यो



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ६० लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा ९ करोड ५ लाख २६ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको नाफा यो अवधिमा ७२.३८ प्रतिशतले बढेको छ ।

२ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ४ करोड ४७ लाख ८१ हजार रुपैयाँ रहेको छ भने महाविपत्ती जगेडा कोषमा  १२ करोड ८९ लाख ८५ हजार रुपैयाँ रहेको छ । यस्तै जीवन बीमा कोषमा १० अर्ब १३ करोड ५४ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब ५८ करोड १० लाख ५५ हजार रुपैयाँ रहेको छ । यस्तै इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३० करोड ३७ लाख २१ हजार रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी १५ रुपैयाँ ५४ पैसा रहेको प्राइमको प्रति सेयर नेटवर्थ १५८ रुपैयाँ ४६ पैसा रहेको छ ।

Publish on: