विश्वकप क्रिकेट लिगको प्रायोजकमा डिशहोम « Eglish Khabarhub

विश्वकप क्रिकेट लिगको प्रायोजकमा डिशहोम



काठमाडौं । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दैछ ।

जसका लागि नेपाली क्रिकेट टिमका लागि डिसहोमले मुख्य प्रायोजना गर्ने भएको छ । विश्वकप क्रिकेट लिग माघ २९ गतेसम्म कीर्तिपुरमा सञ्चालन हुनेछ ।

नेपालसहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान २–२ खेल खेल्नेछन् ।

नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपालले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ ।

Publish on: