काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान)बीच शैक्षिक विषयमा सहकार्य गर्ने सहमति भएको छ ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेको टोली र क्यानका अध्यक्ष नवराज कुँवरबीच भएको भेटमा इक्यानलाई क्यानले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो । साथै आगामी दिनमा शैक्षिक विकासका लागि इक्यान र क्यानबीच सहकार्य समेत गर्ने भेटमा छलफल भएको थियो ।
भेटमा अध्यक्ष पाण्डेले सूचना तथा सञ्चार प्रविधिको शिक्षाको विकासमा महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा सँगै काम गर्न सकिने बताएका थिए ।
इक्यानका तर्फबाट अध्यक्ष पाण्डेसहित उपाध्यक्ष देविदास भट्टराई, कृष्णहरि केसी, महासचिव दीपक भुसाल, सचिव बासुदेव दाहाल र सदस्यहरु आशीक कार्की भवनाथ हुमागाँइ र पुष्पराज भट्टराई सहभागी भएका थिए ।
SHARE YOUR THOUGHTS