गुणस्तर विभागले गोयन्का, गोदावरी र अशोक स्टिल्सलाई कारबाही गर्यो « Eglish Khabarhub

गुणस्तर विभागले गोयन्का, गोदावरी र अशोक स्टिल्सलाई कारबाही गर्यो



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ३ वटा स्टिल्स उत्पादक कम्पनीलाई गुणस्तरको मापदण्ड पूरा नगरेको भन्दै कारबाही गरेको छ ।

विभागले गोदावरी स्टिल्स रौतहट गोयन्का स्टिल्स रुपन्देही र अशोक स्टिल्स बारालाई गुणस्तर पूरा नगरेको भन्दै कारबाही गरेको हो ।

विभागले अशोक स्टिल्सलाई टीएमटी बार १२ एमएम साइजका स्टिल्सको मापदण्ड नपुगेको भन्दै उक्त साइजका सम्पूर्ण उत्पादनको बिक्रीमा रोक लगाइ बजारबाट फिर्ता ल्याउन र स्पष्टिकरण माग गरेको छ । विभागले इलोङगेसन कम्तीमा १२ प्रतिशत हुनुपर्नेमा ११.६७ प्रतिशत मात्रै भएको उल्लेख गर्दै बेन्ड टेस्ट पनि गुणस्तरको १९.१ अनुरुप नभएको बताएको विभागका महानिर्देशक विश्ववावु पुडासैनीले जानकारी दिए ।

विभागले गोदावरी स्टिल्सले टीएमटी बार ८ एमएम साइजको स्टिल्स ५०० ए÷एमएम२को गुणस्तर हुनुपर्नेमा ४६१ मात्रै उत्पादन गरेकाले इजाजत पत्र स्थगन गरेको छ । साथै गोयन्का स्टिल्सले पनि टीएमटी बार ८ एमएम साइजका स्टिल्सको बेन्ड टेस्ट १९.१ अनुरुप नभएको भन्दै इजाजतपत्र स्थगन गरेको हो ।

विभागले नेपाल गुणस्तर चिन्ह ऐन २०३७ तथा नियमावली २०४० को नियम १६ (क) अनुसार कारबाही गरिएको जानकारी दिएको छ ।

Publish on: