प्राइम र एभरेष्ट इन्स्योरेन्सले घुम्ती बीमा कार्यक्रम संचालनमा ल्याए « Eglish Khabarhub

प्राइम र एभरेष्ट इन्स्योरेन्सले घुम्ती बीमा कार्यक्रम संचालनमा ल्याए



काठमाडौं । बीमा समितिले ल्याएको “शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी द्धारा संयुुुक्त रुपमा घुम्ति बीमा सेवा ठाकुरवावा मन्दिर परिसर, ठाकुरद्धारा, बर्दियाबाट एक भव्य कार्यक्रम बिच शुभारम्भ गरिएको छ । ग्राहकलाई घरदैलो वाटै बीमा सेवा प्रदान गर्ने उदेश्यले यो घुम्ती बीमा सेवा संचालन गरिएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रमा भट्टराईले ग्राहको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षाका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिए ।

घुम्ती बिमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बीमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गरे ।

प्रमुख अतिथिको रुपमा पुगेका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईज्युले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडी बढाइएको जानकारी दिए ।

Publish on: