नेपाल लाइफको खुद नाफा २५.०९% ले बढ्यो, बीमा शुल्क संकलनमा ३३% को वृद्धि « Eglish Khabarhub

नेपाल लाइफको खुद नाफा २५.०९% ले बढ्यो, बीमा शुल्क संकलनमा ३३% को वृद्धि



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २५.०९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । कम्पनीद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिमा ३५ करोड ९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आवको सोही अवधिमा कम्पनीले खुद नाफा २८ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क संकलनतर्फ राम्रो प्रगति देखिएको छ ।

गत आवको पुस मसान्तसम्म १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जनमा ३२.७९ प्रतिशतले वृद्धि गरेर चालु आवको सोही अवधिमा १३ अर्ब ९१ करोड १० लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

सो अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिसन १ अर्ब ६१ करोड ११ लाख ८२ हजार रुपैयाँ वितरण गरेको छ । साथै कम्पनीले कम्पनीले ३ अर्ब १९ करोड कुल दावी भुक्तानी गरेको छ । त्यस्तै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी हुन बाँकी दावी रकम छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ र महाविपत्ति कोष जगेडामा ७७ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७८.३१ गुणा, प्रतिसेयर नेटवर्थ १५६.२४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति मूल्य १ हजार ६२४ रुपैयाँ छ ।

Publish on: