२९ मंसिर २०८२, आइतबार

पप्पुसहित ७ ठेकेदार एकैदिन कालोसूचीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले एकैदिन ७ निर्माण व्यवसायी कम्पनी (ठेकेदार) लाई कालोसुचीमा समाबेश गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै काम जिम्मा लिएर अलपत्र पार्ने तथा समयमै सम्पन्न नगरेको भन्दै ती ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो।

सबैभन्दा बढीप् पप्पु कन्स्ट्रक्सनलाई ३ बर्षसम्म कालोसुचीमा राखेको छ । अन्य ठेकेदार कम्पनीहरु एक/एक बर्षका लागि कालोसूचीमा परेका छन्।

कालोसूचीमा परेका ठेकेदारले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि टेन्डर हाल्न पाउँदैनन् ।