सेयर बजारमा उतार चढाव, कारोबार रकम २ अर्ब बढी « Eglish Khabarhub

सेयर बजारमा उतार चढाव, कारोबार रकम २ अर्ब बढी



काठमाडौं । करेक्सनको बाटोतर्फ देखिएको सेयर बजारमा अन्तिम समयमा भने केही सुधार देखिएको छ । मंगलबारको कारोबारमा निकै उतार चढाव आएको छ ।

सेयर बजारमा मापन गर्ने सूचक १.७७ अंकले बढेर १४ सय बिन्दुमा रोकिएको छ ।
१८१ कम्पनीको ५४ लाख ६८ हजार ४८३ कित्ता सेयर २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङक ७.५३, विकास बैंक १४.५५, उत्पादन तथा प्रशोधन ३०.७५ अंकले बढ्दा जीवन बीमा ४५.९३, निर्जीबन बीमा ११.१५ र माइक्रोफाइनान्स समूहको उपसूचक १३.१ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको १० करोड ६५ लाख १५ हजार ६६२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनएमबी बैंक, हिमालनय डिस्ट्रिलरी रहेको छ ।

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, घलेम्दी हाईड्रो, साइन रेसुङगा डेभलपमेन्ट, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: