यी हुन् महासंघमा वस्तुगततर्फका सदस्यका उम्मेदवारहरु « Eglish Khabarhub

यी हुन् महासंघमा वस्तुगततर्फका सदस्यका उम्मेदवारहरु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वस्तुगततर्फको सदस्यका उम्मेदवारको चर्चा शुरु भएको छ । वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएसँगै वस्तुगततर्फका सदस्यको समेत चर्चा शुरु भएको हो ।

बुधबार वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकाललाई सहयोग गर्ने गरी वस्तुगततर्फबाट प्रकाशसिंह कार्की, शिव घिमिरे,हेमराज ढकाल, विमल ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, नरेशमान श्रेष्ठ, शैलेन्द्र गुरागाई, मीनमान श्रेष्ठ, जयप्रसाद शिवाकोटी व्यवसायी छन् ।

त्यस्तै, सुनिल गोपाल श्रेष्ठ, विप्वलमान सिंह, सन्दीप अग्रवाल, गोविन्द घिमिरे, हरिबहादुर कार्की, सुमित केडिया, सुवोध कुमार गुप्ता छन् ।

वस्तुगततर्फका उम्मेदवारमा यी नामहरु चर्चा चले पनि उम्मेदवारी दर्ता गर्ने अन्तिम दिनसम्म भने नामहरु थपघट हुन सक्ने बताइएको छ ।

Publish on: