पूर्व पर्यटन मन्त्री अधिकारीको सम्झनामा पर्यटन पुरस्कार घोषणा « Eglish Khabarhub

पूर्व पर्यटन मन्त्री अधिकारीको सम्झनामा पर्यटन पुरस्कार घोषणा



काठमाडौं । गत वर्ष आजकै दिन ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ को घोषणा गरिएको छ ।

अधिकारीको स्मृति दिवसका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले उक्त पुरस्कार घोषणा गरेका छन् ।

मन्त्री अधिकारीको सम्झनामा पर्यटन क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई उक्त पुरस्कार हरेक वर्ष प्रदान गर्ने मन्त्री भराईले बताए ।

उनका अनुसार अधिकारीको जन्मदिनमा अर्थात वैशाख २२ मा उक्त पुरस्कार वितरण गरिने छ । यसको रकम भने खुला गरिएको छैन ।

गत वर्ष फागुन १५ गते तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमाननस्थल अवलोकनपछि काठमाडौं फर्कंदै गर्दा तत्कालीन पर्यटन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी सहित सात जनाको निधन भएको थियो ।

निधन हुनेमा मन्त्री अधिकारीका साथै प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक धुर्व बजिमय, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।

Publish on: