काठमाडौं । व्यवसायी ज्ञानेन्द्रला प्रधानले नेपाल उद्योग वाणिज्य महसंघको सक्रिय राजनीतिम फर्किने तयारी थालेका छन् । केही पूर्वअध्यक्षहरुले महासंघको सक्रिय राजनीतिमा फर्किन आग्रह गरेपछि प्रधान फर्किन तयार भएका हुन् ।
मौखिक दिएको एक महिनापछि ज्ञानेन्द्रलाल प्रधानले महासंघबाट दिए लिखित राजिनामा (पत्रसहित)
महासंघभित्र चरम भ्रष्टाचार भएको आरोप लगाउँदै एक वर्षअघि कोषाध्यक्ष पदबाट राजिनामा दिएर बाहिरिएका प्रधान नयाँ नेतृत्व चयनको चुनावी सारगर्मी बढेसँगै यस्तो गृहकार्य भएको हो ।
‘पूर्वअध्यक्षज्यूहरु र महासंघका सदस्य साथीहरुले पदाधिकारीमा फर्किन ठूलो दबाब दिइरहनुभएको छ,’ प्रधानले क्लिकमाण्डूसँग भने, ‘मैले फर्किने मुड बनाइसकेको छु, यद्यपि निर्णय भने गरेको छैन ।’
फर्किने वा नफर्किने भन्ने निर्णय चाँडै नै गर्ने उनले जानकारी दिए । ‘एक हप्ताजति हेरौं,’ प्रधानले भने ।
समाचार स्रोतका अनुसार प्रधानलाई एसोसिएट उापाध्यक्ष भएर आउन दबाब छ । र, उनको चाहना पनि त्यही हो ।
ज्ञानेन्द्रलाल प्रधानको गोप्य अडियो भवानी राणालाई बुझाउने पत्रकार को हो ?
तर, एसोसिएट उपाध्यक्षका लागि सौरभ ज्योतिले ब्यापक तयारी गरिरहेका छन् । जसकारण प्रधानलाई सो पदमा ल्याउन सौरभलाई मनाउनुपर्ने हुन्छ ।
‘सौरभजीले मान्नुभयो भने ज्ञानेन्द्रजीलाई एसोसिएट उपाध्यक्षमा ल्याउने हाम्रो तयारी हो,’ एक पूर्वअध्यक्षले भने क्लिकमाण्डूसँग ‘ज्ञानेन्द्रजस्ता निडर र हक्की मान्छे महासंघका लागि चाहिन्छन् ।’
तपाईं एसोसिएट उपाध्यक्ष पाएदेखि फर्किन तयार हो ? भन्ने क्लिकमाण्डूको प्रश्नमा प्रधानले भने, ‘कुरा पदको होइन, म पदलुप्त थिएँ भने छँदाखाँदाको कोषाध्यक्षबाट किन राजिनामा दिन्थेँ र ?’
ज्ञानेन्द्रलाल प्रधानले उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट राजिनामा दिए
०७५ माग १३ गते मौखिक राजिनामाको घोषणा गरेका प्रधानले ०७५ फागुन १३ गते लिखित राजिनामा दिएका थिए । महासंघ भित्रको कृषि उद्यम केन्द्रमा चरम अनियमितता भएको आरोप लगाउँदै छानविनको माग गर्दै उनले राजिनामा दिएका थिए ।
महासंघको कार्यकारीणी सदस्यमा तेस्रो बढी मत ल्याएर निर्वाचित प्रधानलाई ०७३ चैत ३० गतेको कार्यकारीणी बैठकले कोषाध्यक्षमा चयन गरेको थियो ।
एसोसिएटतर्फको उापध्यक्षमा दाबी गरेका प्रधानले अन्तिम समयमा आएर एसोसिएटमा चन्द्र ढकाललाई छाडेर कोषाध्यक्षमा सहमत भएका थिए । प्रधानले छाडेपछि ढकाल सर्बसम्मत उपाध्यक्ष बनेका थिए ।
SHARE YOUR THOUGHTS