२९ मंसिर २०८२, आइतबार

सेयर कारोबारको समय दैनिक १ घन्टा बढाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर कारोबार हुने समय दैनिक १ घन्टा बढाउने तयारी बढाइने भएको छ । अहिले दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर सूचीकृत कम्पनीहरुको सेयर किनबेच हुन्छ ।

सेयर बजार बुलिस ट्रेन्डमा रहेको बेला पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्राचार गर्दै कारोबार समय १ घण्टा बढाएर विहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म कारोबार गर्नका लागि पत्राचार गरेको छ ।

बोर्डले नेप्सेलाई गत साता यस्तो पत्र पठाएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

‘बोर्डले हामीलाई दैनिक १ घन्टा सेयर कारोबार बढाउनु पर्यो । सकिन्छ कि सकिँदैन भनेर यसमा तपाईंहरुको सुझाब सहितको प्रतिवेदन दिनुपर्यो भन्दै केहीदिन अघि पत्राचार गरेको छ,’ साउदले क्लिकमाण्डूसँग भने, ‘हामीले अध्ययन शुरु गरिसकेका छौं ।’

कारोबार समय बढाउनका लागि सिडिएससीको सफ्टवेयरमा केही परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि केही समय लाग्ने पनि साउदले जानकारी दिए ।

‘सिडिएससीको सफ्टवेयरमा परिमार्जन गर्न केही समय लाग्छ, त्यसपछि मात्रै दैनिक १ घन्टा कारोबार समय बढाउन सक्ने देखिन्छ,’ उनले भने ।

सीडीएसको सोर्स कोर्ड परिमार्जन गर्नका लागि कति समय लाग्छ भन्ने बारे भने उनले खुलाउन चाहेनन् ।

हाल नेप्सेमा दैनिक ४ घन्टा कारोबार हुँदै आएको थियो । उक्त समयलाई बढाएर ५ घन्टा बनाउन लागिएको हो ।

बजार बढिरहेका बेला लगानीकर्ताहरुले किनबेच गर्ने समय कम भएको भन्दै गुनासो गरिरहेका थिए । उक्त मागलाई सम्बोधन गर्न धितोपत्र बोर्डले समय बढाउनका लागि नेप्सेलाई पत्राचार गरेको हो ।