काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन भइरहेका बाँकी सबै काम ६ महिनाभित्र सक्न निर्देशन दिएका छन् ।
बुधबार विमानस्थलमा सरोकारवालाहरुलाई राखेर तोकिएको मितिमा सक्न कडा निर्देशन दिएका हुन् ।
मन्त्रालयका सचिव केदारबाबु अधिकारी, सहसचिव रुद्रसिंह तामाङ, सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल सहितको उपस्थितिमा विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी, आयोजना प्रमुख मुरारी भण्डारीलगायतलाई मन्त्री भट्टराइले बैशाख १३ गतेभित्र पार्किङ वे, निर्माणधिन नयाँ आवागमन कक्षका सम्पूर्ण काम चैत २१ गतेभित्र सक्न निर्देशन दिए ।
त्यस्तै, निर्माणधिन नयाँ प्रस्थान कक्षको काम चैत १ गतेभित्र सक्न निर्देशन दिएका हुन् । त्यस्तै, एसियाली बिकास बैंकसँगको सहकार्यमा निर्माण गर्न लागिएको आईसीपी सबै काम ३ वर्षभित्र, प्यारालाल टयाक्सी वेको निर्माणका लागि आगामी ३ महिनाभित्र, कनभेयर बेल्टको निर्माण कार्य आगामी जेठ महिनाभित्र सक्ने उनले समयसिमा तोकेका छन् ।
SHARE YOUR THOUGHTS