२९ मंसिर २०८२, आइतबार

सेयर बजारमा लगातारको ‘नेगेटिभ सर्किट’ले अर्थमन्त्री खतिवडालाई तनाब, भने- चलखेल भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मगंलरबार सेयर बजारमा ६ प्रतिशतको गिरावटसँगै कारोबार बन्द भएको छ ।

बजारमा सर्किट लागेर कारोबार बन्दहुँदा सेयर लगानीकर्ता मात्रै होइन अर्थमन्त्री डा. युवराज खतिवडा पनि निकै चिन्तित बनेका छन् । केही समय बजारमा निकै उछाल आएको मात्रै नभएर बजारले दैनिक रेकर्ड ब्रेक गरेको थियो ।

बजारमा दोहोरो अंकको सुधार देखिनु, कारोबार रकममा नेप्सेले दैनिक आफ्नो रेकर्ड आफै ब्रेक गर्दै जाँदा खुसी बनेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले त नेप्सेमा नै लड्डु समेत खाएका थिए ।

तर त्यसको साता बित्न नपाउँदै बजारमा दैनिक २ पटकसम्म नकारात्मक सर्किट लाग्ने बजार ६ प्रतिशतले घटेर आधा कारोबार दिनमा नै बन्द हुन थालेपछि अर्थमन्त्री खतिवडा निकै चिन्तित हुन थालेका हुन् ।

बजारको सामान्य उतार चढाबलाई यसको सुन्दर पक्षको रुपमा लिनुपर्छ भन्ने तर्क गर्दै आएका मन्त्री खतिवडा बजारमा १०० अंक हाराहारीको गिरावट आउन थालेपछि भने निकै चिन्तित बनेका हुन् ।

दोस्रो कार्यकालको लागि अर्थमन्त्री बनेका खतिवडाले आइतबार नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँगको भेटमा बजारको वर्तमान अवस्थाको बारेमा निकै चिन्ता जनाएका छन् ।

बजारको विकासको लागि आफुले गर्नुपर्ने जस्तोसुकै काम पनि गर्न तयार रहेको जानकारी गराएको अध्यक्ष पोखरेलले बताइन् ।

मन्त्री खतिवडालाई उदृत गर्दै अध्यक्ष पोखरेलले क्लिकमाण्डूसँग भनिन् ‘हामी आगामी आर्थिक वर्षको बजेटको लागि तयारीमा रहेका छौं, बजेटमा बजारको विकासको लागि के कस्तो विषय राख्नु पर्ने छ, के विषयलाई समेटन सक्यो भने लगानीकर्ताको हित हुन्छ, बजारको विकास हुन्छ लेखेर ल्याउनु त्यो म बजेटमा नै समावेश गर्ने छु ।’

बजारमा कहिँकतै चलखेल भएको भनिए पनि लगानीकर्ताले राम्रा कम्पनी छानेर लगानी गरेको अवस्थामा आत्तिन पर्ने अवस्था आउन नदिने जानकारी गराएका छन् ।

बजारको सुधारको लागि आफु सँदैव तत्पर रहेको स्मरण गराउँदै मन्त्री खतिवडाले सेयर बजारमा स्थायित्व ल्याउनु अहिलेको आवश्यकता भएको बताए ।

सेयर बजारमा सामान्य घटबट आवश्यक नै भएपनि कहिले निरन्तर बढने कहिले निरन्तर घट्ने प्रवृतिले आफूलाई चिन्ता लागेको बताए ।

उनले भने ‘यसमा कसैले चलखेल गरेको हो कि भन्ने गुनासो देखिएको छ, यसले साना लगानीकर्तालाई निकै असर पर्ने गरेको छ, सेयर बजारमा लगानी गरेर कुनै पनि लगानीकर्ता निरास बनेर निस्कन नपर्ने बाताबरण बनाउन मन्त्रालय लागि रहेको छ ।’

५८ बुदाँका केही बुँदा अझै कार्यान्वयनको चरणमा रहेको भन्दै बजारको विकासको लागि आवश्यक ऐन कानून पनि संशोधन चरणमा रहेको मन्त्री खतिवडाको भनाइ छ ।