काठमाडौं । प्राइम बैंकले कैलाश विकास बैंकलाई एक्वीजिशन पनि एकिकृत कारोबार सुरु गरेको दिन नै अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्ज गर्ने सार्वजनिक गरेको छ ।
बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले बैंकको सर्वोपरि हित हुने र सेयरधनी प्रतिफलमा नकारात्मक असर नपर्नेगरी आगामी दिनमा मर्जर तथा एक्विजिशनलाई प्राथमिकता दिने बताए ।
कार्यक्रममा मर्जर कमिटिका संयोजक गजेन्द्र विष्टले प्राइम र कैलाशको एक्विजिशन लगत्तै बैंकले नयाँ उचाई लिएको बताए । उनले भने ‘आवश्यक परे हामी अर्काे स्विट कम्पनी खोज्ने तयारीमा रहन्छौं, त्यसले लगानीकर्तालाई लाभाश बढि दिन सकिन्छ ।’
अहिले पनि बैंकको सञ्चालन खर्च कम मात्रै नभएर धेरै कम भएकोले धेरै आम्दानी गर्न सकेको विष्टको भनाई छ । आगामी दिनमा पनि बैंकको सञ्चालन खर्च न्यून गर्दै सेयरधनीलाई दिने प्रतिफललाई बढावा दिने दाबी गरे ।
कार्यक्रममा कैलाशको तर्फबाट मर्जर कमिटि सदस्य सुनिल नारायण क्षेष्ठले २६ वर्षको ईतिहास बोकेको कम्पनि बिलय गराउन निकै कठिन भएको बताए ।
उनले भने ‘यसलाई कतिपय अवस्थामा बिलयको रुपमा पनि हेरिएको छ । यो विलय होइन, उदय हो, अब नयाँ परिवारमा मिसियौ । कैलाश नदी हुँदै, सागरबाट महासागरमा पुगेर मिसिएको छ । यो हाम्रो लागि बेस्ट ईक्विजिसन हो ।’
उनले प्राईक काठमाडौं बेस र कैलाश पोखरा तथा प्रदेश ४ र ५ मा केन्द्रित रहेको बैंक भएकोले अब यी दुवै बैंक एक भएपछि बैंकले गर्ने ग्रोथमा धेरै प्रगति हुने उनको तर्क छ । कैंलाशका केही शाखामा त बैंकको साइन बोर्ड परिवर्तन हुनासाथ सरकारको डिपोजिट पाउने सम्भावना अधिकत्तम रहेको उनको दाबी छ ।
उनले अब बैंक ठूलो मात्रै होइन राम्रो पनि बन्न आवश्यक लागेको तर्क गरे । उनले भने ‘हामी ठुलो होईन राम्रो बैंक बनौ । उचित ब्याज दिएमा डिपोजिटरको शोषण नगरेमा ३/३ महिनामा फोन गरेर ब्याज नबढाएमा, सेयर धनिलाई राम्रो लाभाश दिएमा राम्रो बंैक बन्छ सकिन्छ ।’
कैलाश विकास बैंकका अध्यक्ष नारायण पौडेल कैलाशको ठुलो बैंक बनाउने सपना पूरा भएको बताए । यो सँगै बैंकको ग्रोथ दोब्बर भएको उनको भनाई ।
SHARE YOUR THOUGHTS