प्रभु बैंकले काठमाडौं महानगरमा आइल्याण्ड र फाउण्टेन बनाउने « Eglish Khabarhub

प्रभु बैंकले काठमाडौं महानगरमा आइल्याण्ड र फाउण्टेन बनाउने



काठमाडौं । प्रभु बैंकले काठमाडौं महानगरपालिकामा आइल्याण्ड र फाउण्टेन बनाउने भएको छ ।

प्रभु बैंक लिमिटेड र काठमाण्डौ महानगरपालिका जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने/रेखदेख गर्ने सो को संचालन तथा शहरी सौन्र्दयीकरण कामका लागि सम्मmौता पत्रमा हस्ताक्षर भएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाण्डौ महानगरपालिकाका तर्फ बाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपाल भरिमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटिएम रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्य गर्न लागेको ब्यहेरो सर्व–साधारणको जानकारीको लागि अनुरोध गरिन्छ ।

Publish on: