मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबारदेखि सेयर कारोबार बन्द


काठमाडौं । आगामी आइतबार देखि सेयर बजार २१ गतेसम्मको लागि पूर्ण रुपमा बन्द हुने भएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने घोषणा गरेसँर्गै सेयर कारोबार बन्द हुने भएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ भन्ने जानकारी गराएका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराजु ढुंगानाले राजपत्रमा सेयर बजार अत्यावश्यक बस्तुमा नपरेको खण्डमा बन्द हुने बताए ।

उनले भने ‘राजपत्रको सेयर बजार अत्यावश्यक सेवामा पर्छ की पर्दैन मैले हेरेको छैन, यदी पर्दैन भने प्रधानमन्त्रीज्यूको सम्बोधन अनुसार नै बन्द हुनेछ ।’

तसर्थ नेपाल राजपत्रका सेयर बजार अत्यावश्यक बस्तुमा नपरेको सेयर कारोबार आइतबारदेखि बन्द हुने भएको हो । सेयर लगानीकर्ता र ब्रोकरहरुले पनि यो बेलामा सेयर कारोबार बन्द गर्न माग गर्दै आएका थिए ।