१ पुस २०८२, मंगलबार

गृह मन्त्रालयको सूचनापछि ‘लक डाउन’मा खुलेको भाटभटेनीलाई प्रहरीले बन्द गर्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लक डाउनमा पनि उपभोक्तालाई सेवा दिन खुलेको भाटभाटेनी सुपर मार्केकटलाई प्रहरीले बन्द गरेको छ ।

उपभोक्ताको मागलाई मध्यनजर गर्दै भाटभटेनीले लक डाउनमा पनि काठामडौंको टंगाल, महाराजगञ्ज, ललितपुरको पाटन र भक्तपुरको राधेराधेमा रहेकम शाखा खुल्ला खोलेको थियो । तर, १० बजे खुलेका भाटभाटेनीका शाखालाई प्रहरीले बन्द गराएका हुन् ।

‘सरकारले मंगलबार लकडाउन गरेपछि भाटभटेनीले सबै शाखा बन्द गरिएको थियो । तर गृहमन्त्रालयले मंगलबार बेलुका मंगलबार बेलुका सूचना निकालेर खाद्यान्न पसल खुला गर्न आग्रह गरेपछि हामीले बुधबार बिहान उपत्यकाका ४ वटा शाखा खोलेका थियौं,’ भाटभाटेनीका अध्यक्ष मिनबहादुर गुरुङले क्लिकमाण्डूसँग भने, ‘तर डीएसपीसाब आएर बन्द गर्न भन्नुभयो अनि ११ बजे नै बन्द गर्यौं ।’

भाटभाटेनीले उपभोक्ताको स्वाथ्य सुरक्षालाई विशेष प्राथमिकतामा राखेर केही शाखा सञ्चालन गरेपछि सरकारले नै बन्द गर्न भनेपछि बन्द गरिएको उनले जानकारी दिए ।

‘भाटभाटेनी बन्द गरेर म गृह र आपूर्तिमन्त्रीसहितको बैठकमा गएको थिएँ । उहाँहरुले पनि बन्द गर्न सुझाउनु भएको छ, अब लकडाउनभरी खोल्दैनौं,’ उनले भने ।