काठमाडौं । द वर्ल्ड फडेरेसन अफ एक्सचेञ्ज (डब्ल्यूएफई)ले पछिल्लो समय सेयर बजारमा सर्ट सेलिङमा लगाएको प्रतिबन्धको विरोध गरेको छ ।
डब्ल्यूएफईले विज्ञप्ती जारी गर्दै यसको विरोध गरेको हो । यसले सेयर बजारलाई असर गर्ने भन्दै डब्ल्यूएफईका सीइओ नन्दिनी सुकुमारले अपेक्षाकृत रुपमा यसले फाइदा नगर्ने दाबी समेत गरिन् ।
‘सर्ट सेलिङमा प्रतिबन्ध गर्दा यसले मूल्य निर्धारणमा असर गर्छ, साथै अस्थिरता समेत पढाउँछ, साथै प्रतिबन्ध गर्दा दाबी गरिए जस्तो प्रभाव पनि पर्दैन र वास्तविक अर्थतन्त्रमा असर गर्छ साथै बजारमा मूल्य निर्धारणका लागि असर समेत गर्छ,’ उनले भनिन् ।
उनका अनुसार यो सर्किट ब्रेकर र सेयर बजारका अन्य सुरक्षात्मक उपकरणहरु जस्तै बजारलाई सुस्त बनाउँछ भने बजारमा तनाब पनि सिर्जना गर्छ न कि यसले बजरालाई प्रबद्र्धन गर्छ ।
सर्किट ब्रकेरले लगानीकर्तालाई जानकारी आत्मसाथ गर्नका लागि अनुमति दिन्छ, जसको पूभाव व्यापारिक निर्णय गर्न सूचित पनि गर्छ, यसको ठीक विपरीत
लगानीकर्ताले सूचना लिन सहयोग गर्छ, साथै निर्णय गर्दा सूचना उपलब्ध गराउँछ साथै सर्ट सेलिङमा प्रतिबन्धले यसको ठीक विपरीत काम गर्छ, साथै मूल्य निर्धारण पनि असर गर्छ ।
भर्खरै ग्लोबल अथोरिटीले भने अनुसार धितोपत्र बजारको मूल्य र डेरिभेटिभलाई बजार खुला राख्नु बढी महत्वपूर्ण हुन्छ । यसले बजार बन्द गर्नुलाई राम्रो मानेको छैन । अन्तर्राष्ट्रिय संगठन सेक्युरिटी कमिशन (आईओएससीओ)ले बजारलाई ‘यो कठिन अवधिमा’ सक्रिय राख्नु पर्ने जनाएको छ ।
‘हाम्रो उद्देश्य बजारलाई खुला राख्नु हो, साथै सर्ट सेलिङले मूल्य निर्धारणका लागि तलरता बढाउनका लागि र रिस्क म्यानेजमेन्ट गर्न सक्ने क्षमता बढाउनका लागि यो जरुरी छ,’ जारी स्टेटमेन्टमा भनिएको छ ।
SHARE YOUR THOUGHTS