अमेरिकाको न्यूयोर्कमा कोरोनाबाट एकै दिन ७९९ जनाले ज्यान गुमाएका छन । उक्त राज्यमा कोरोना देखिएपछि एकै दिनमा मृत्यु हुने यो सर्वाधिक संख्या हो ।
अमेरिकाका विभिन्न राज्यमध्ये न्यू योर्क सबैभन्दा कोरोना संक्रमित रहेको राज्य हो । मृत्यु हुनेको संख्यामा बृद्धि भएपनि पछिल्ला दुई दिनमा अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीमा भने कमी आएको छ ।
सामाजिक दूरी कायम हुन थालेपछि कोरोना संक्रमित हुने संख्यामा कमी आउन थालेको आँकलन गरिएको छ । अमेरिकाभर ४ लाख ३० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ हजारभन्दा धेरै जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सर्वाधिक क्षति ब्यहोर्ने देशहरुमा अमेरिका अग्रपंक्तिमा रहेको छ । कोरोना संक्रमितको संख्यामा अत्याधिक बृद्धि भएपछि अमेरिकाले भारतबाट मलेरिया विरुद्ध प्रयोग हुने औषधि मगाएको छ । अमेरिकामा कोरोनाबाट लाखौ जनाको मृत्यु हुने अनुमान गरिएको छ ।
SHARE YOUR THOUGHTS