स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालले विदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नका लागि तथ्यांक संकलन गर्न शुरू गरेको छ । कोरोना भाइरसका कारण विश्वव्यापी रूपमा संकट आएपछि नेपाली विद्यार्थी पनि मर्कामा परेका छन् ।
विशेष गरी अष्ट्रेलिया, जापान, अमेरिका, युरोपलगायतका विभिन्न देशमा अध्ययनरत विद्यार्थीमा परेको समस्या समाधान गर्नका लागि फेकनले अग्रसरता लिएको हो ।
जस अनुसार विद्यार्थीले फेकनले उपलब्ध गराएको अनलाइन फारम भर्नुपर्नेछ । यसका लागि फेकनले सम्पूर्ण आफ्ना सदस्यहरुलाई बिद्यार्थीहरुलाई उक्त फारम भर्न दिएर समस्या उल्लेख गर्न भनेकाे छ ।
आफतमा परेका विद्यार्थीहरुले भरेको फर्मका आधारमा आवश्यक सहयोग उपलब्ध गराइने फेकनले जानकारी दिएको छ ।
‘आपतमा परेका विद्यार्थीहरुलाई सहयोग गर्नु हाम्रो पनि दायीत्व हो ।” फेकनका अध्यक्ष यूवराज कट्वालले भने “यसका लागि हामी नेपली कुटनितिक नियोग, एनआरएनए तथा बिभिन्न सरोकार वाल संघ संस्थाहरुसंग मिलेर सहयोगको लागि पहल गर्छौं ।”
SHARE YOUR THOUGHTS