सन् २०२० को पहिलो त्रैमासमा चीनको जीडीपी ६.८ प्रतिशतले घटेको छ ।
यो गिरावट सन् २०१९ को पहिलो त्रैमासको तुलनामा कमी आएको हो । तर यदी पछिल्लो त्रैमासको तुलनामा भने यो गिरावट ९.८ प्रतिशत हो ।
चीनमा १९९२ देखि आधिकारिक रुपमा त्रैमासिक रुपमा आँकडा राख्न शुरु गरिएको थियो ।
संघाईस्थित बीबीसी संवाददाता रोबिन ब्रेटका अनुसार कोरोना महामारी फैलिएपछि चीनले आधिकारिक आँकडा जारी गरेको हो ।
अन्य देशले अहिलेसम्म कोरोना भाइरसका कारण कति क्षति भयो भन्ने आँकडा सार्वजनिक गरेका छैनन् ।
चिनियाँ अधिकारीहरुका अनुसार अर्थव्यवस्थामा गिरावट आए पनि रोजगार भने स्थिर छ । चीनमा अहिले बेरोजगार दर ६.२ प्रतिशत छ ।
तर चीनले जारी गरेको उक्त आँकडालाई विश्वास गर्न सकिने वा नसकिने प्रश्न उठेको छ । किनभने सरकारी आँकडा प्रस्तुत गर्ने विषयमा चीनको छवी विगतका वर्षहरुमा पनि राम्रो छैन ।
चीनले जारी गर्ने आँकडाले असल अर्थव्यवस्थाको साटो एक संकेत वा दिशा मात्रै दिने आलोचकहरु बताउँछन् । चीनका अनुसार कोरोना भाइरसका कारण केही समय अर्थव्यवस्था प्रभावित भए पनि दीर्घकालीन रुपमा भने विकासमा यसले असर पार्ने छैन ।
चीनको अर्थव्यवस्थाको जग बलियो भएकाले यसका कुनै पनि प्रकारको परिवर्तन नहुने दाबी गरिएको छ । साथै आर्थिक सुधारबाट घरेलू मागमा बढोत्तरी हुने उल्लेख समेत गरिएको छ ।
शुक्रबार जारी गरिउको सरकारी आँकडा अनुसारयो पछिल्लो तीन दशकमा पहिलो पटक यती ठूलो गिरावट आएको हो ।
SHARE YOUR THOUGHTS