१ पुस २०८२, मंगलबार

बन्दीपुरमा यस्तो बन्दैछ नेपालकै पहिलो सिसाको ‘भ्यु पोइन्ट’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । पहाडकी रानी उपमा पाएको तनहुँको पर्यटकिय नगरी बन्दिपुरमा सिसाको भ्यु पोइन्ट बन्ने भएको छ। बन्दिपुर गाउपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ३ करोडको लागतमा सो भ्यु पोइन्ट निर्माण गर्न लागेको हो।

बन्दिपुरको टुँडिखेलमा जमिनको सतहबाट ५ फिट आग्लो टावर बनाइ क्यान्टिलिभर डिजाइनमा निर्माण गर्ने भ्यु पोइन्टको दुईतर्फी कुल लम्बाई ३९ मिटर हुनेछ ।

विभिन्न हिमाली तथा पहाडी दृश्यहरु अवलोकन गर्न मिल्ने गरि दुरबिनको समेत ब्यवस्था गरिने बताइएको छ। लाखौं संख्यामा बन्दिपुरमा भित्रिने पर्यटकलाई लक्ष्यित गरि नेपालकै नौलो पर्यटकीय गन्तव्य बनाउने योजना सहित भ्यु पोइन्ट निर्माण गर्न लागिएको बन्दिपुर गाउपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउँछन् ।

एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने र एक ठाँउ बाट जाने र अर्को ठाँउबाट निस्कने ब्यवस्था रहने बताइएको छ । मजबुत सुरक्षा ब्यवस्था सहित बन्दिपुरको टुडिखेलमा बन्ने यो टावरको हाल डिपिआर तयार भैसकेको छ । गाउपालिका टेन्डर प्रक्रियामा गई छिट्टै निर्माण गरिने थापाले जानकारी दिए ।

यसको सङसङै नजिकै फोटो खिच्नको लागि भाडामा विभिन्न जातजातिका भेषभुषा,अत्याधुनिक शौचालय, बगैचा, चमेना गृह निर्माण गरिने छ । सभाहल बनाइ विभिन्न साँस्कृतिक कार्यक्रम देखाउन मिल्ने ब्यवस्था गरिने बताइएको छ । नेपालकै पहिलो सिसाको भ्यु पोइन्ट बनेपछि बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले ग्रेटवालको झल्को दिने गरि बन्दिपुरको गुरुन्चे डाँडा देखि मुकुन्देस्वरी डाँडा सम्म पर्खाल सहितको पदमार्ग समेत निर्माण गरिरहेको छ।